९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

‘अक्सिजन सपोर्ट’मा राखेर उपचार गरिदैँ पूर्वराजा दम्पतिलाई

१४ वैशाख, काठमाडाैँ । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराजा दम्पतीलाई नै अक्सिजन सपोर्टमा राखिएको जनाएको हो। कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, अस्पतालमै रहेकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई अक्सिजन सपोर्ट नदिइएको अस्पतालले जनाएको छ। उपचाररत् उनीहरूको अवस्था सामान्य र स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।

 

 

 

प्रकाशित मिति : April 27, 2021 at 5:10 pm