९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

पर्सामा वैशाख १६ देखि निषेधाज्ञा

१४ वैशाख, काठमाडाैँ । पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भीमकान्त पौडेलले बताए । निषेधाज्ञाको समयमा औषधि उपचार एवं अत्यावश्यक कामका लागि बाहेक घर बाहिर निस्कन पाइने छैन । मृत्यु संस्कार, विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्य र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री एवं जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सञ्चालन गर्न सकिने छ ।

 

प्रकाशित मिति : April 27, 2021 at 4:34 pm