९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

रुपन्देहीमा वैशाख १६ देखि निषेधाज्ञा गर्न सिफारिस

१४ वैशाख, काठमाडाैँ । रुपन्देहीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ । काेराेना संक्रमणकाे दर उच्च वृद्धि हुँदै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिस गर्ने निर्णय गरेको हो ।

उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । निषेधाज्ञा अवधिमा औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने प्रशासन कार्यालयको तयारी छ । अत्यावश्यक सेवाका सवारी साधनलाई मात्र निषेधाज्ञाको अवधिमा सञ्चालन अनुमति दिने गरी केन्द्रले निषेधाज्ञाको सिफारिस गरेको हो ।

 

 

प्रकाशित मिति : April 27, 2021 at 3:15 pm