७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेप्सेमा सिंगटी हाइड्राेको आईपीओ सूचिकृत, कति छ ओपनिङ रेन्ज ?


१४ वैशाख, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । नेप्सेमा कम्पनीकाे १ करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रूपैयाँसम्मको ओपनिङ रेन्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SHEL सिम्बाेल पाएकाे छ । कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।

 

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १४:४३