निषेधाज्ञासँगै उपत्यका छाडेर गाउँ फर्कनेकाे संख्या बढ्याे
१४ वैशाख, काठमाडाैँ । काेराेना संक्रमण बढ्दै गएपछि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाबाट घर जानेहरूकाे संख्या बढ्न थालेका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौँ उपत्यकामा बिहीबार बिहान देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् भने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्दै वैशाख मसान्तसम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

सरकारले निषेधाज्ञा गर्नु अघि गाउँ जान चाहानेहरूकाे लागि २ दिनकाे समय दिएकाे छ । साेहि समयमा उपत्यकाबाहिर घर भइ काठमाडौँमा विभिन्न पेशा व्यवसाय गर्दै बसेका सर्वसाधारण आफ्नो घर जान लागेका हुन् । मंगलबार बिहानै आफ्नो घर जानका लागि कलंकी, कोटेश्वर, बल्खु, नयाँ बसपार्कलगायतका स्थानमा सर्वसाधारणहरूको भिडभाड रहेको छ ।


प्रकाशित मिति : April 27, 2021 at 12:14 pm



