७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

निषेधाज्ञामा पनि सेयर बजार खुल्ला हुने, यस्तो छ तयारी


१४ वैशाख, काठमाडौँ । बिहीबार राति १२ बजेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निशेधाज्ञाको समयमा अत्यावश्यक व्यवसाय सञ्चालनलाई मात्र अनुमति दिएको भएपनि सेयर बजार बन्द नहुने भएको हो । नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई निरन्तरता दिने निर्णय गरेको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको हाे । अनलाइनबाटै सेयरको खरिदबिक्री हुनुको साथै भुक्तानी समेत अनलाइन नै हुने भएकाले सेयर बजार बन्द नगर्ने निर्णय गरिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढङ्गानाले बताए ।

सेयर बजार बन्द गर्दा लगानीकर्ताहरुलाई प्रत्यक्ष असर पर्ने भएकाले यसलाई बन्द नगर्ने निर्णय गरिएको ढङ्गानाले बताए । यसअघि गत बर्ष सरकारले लागू गरेको लकडाउनको ३ महिना अवधिमा भने सेयर बजार पूर्णरुपमा बन्द भएको थियो । अहिले भने बोर्डले धितोपत्र दलाल व्यवसायी र लगानीकर्तालाई अनलाईनबाटै सेयर कारोबारको भुक्तानी गर्न निर्देशन दिइसकेको छ । सोहीकारण बजार सञ्चालन सम्भव हुने धितोबोर्डको निष्कर्ष रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार ११:१२