मदन भण्डारी राष्ट्रिय राजमार्गको मध्यभागको रेखांकन टुंगियो, यी ठाउँबाट बन्नेछ सडक
१४ वैशाख, काठमाडाैँ । मदन भण्डारी राष्ट्रिय राजमार्ग (NH09) को मध्यभागको रेखांकन टुंगिएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मध्यभागको रेखांकन टुंगिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिनुभएको छ ।
अब यस राजमार्ग रिडी-तम्घास-सिमलटारी-सौतामारे-मच्छी-बिजुवार-चकचके-खुङग्री-लिवाङ्ग-घर्तिगाउँ-सुखाओडार- पातीहाल्ने-थारमारे बागमारे-सितलपाटी-सल्यान खलंगा-कुभिण्डे दह-बालुवा संग्रही-बोटेचौर-भेडावारी-धुलीयाबिट-विरेन्द्रनगर (सुर्खेत) कायम भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार त्यस्तै रिडी-बलकोट-हंसपुर-प्यूठान, प्यूठान-सुर्खेत सडक (NH19) रिडी-बलकोट-सन्धिखर्क-गच्छागैरा-रतनमारे-गोखुंगा-बागदुला-देवीस्थान-लोहारपानी-घोराही-तुल्सिपुर-पुरन्धारा-बोटेचौर (सुर्खेत) कायम हुने छ ।
प्रकाशित मिति : April 27, 2021 at 9:14 am



