काठमाडौँ उपत्यकामा मात्रै थपिए १९१२ कोरोना संक्रमित
१३ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी कुल १९१२ जना थपिएका छन् ।
प्रकाशित मिति : April 26, 2021 at 5:33 pm



