एकैदिन थपिए ३५५६ कोरोना संक्रमित, १२ जनाको मृत्यु
१३ वैशाख, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३४४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
१२ हजार ४०० जनाको पीसीआर र ८९३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५५६ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ । काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : April 26, 2021 at 5:19 pm



