तत्काल देशभर लकडाउन हुँदैनः परराष्ट्रमन्त्री ज्ञवाली
१२ वैशाख, काठमाडौँ । सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभरि लकडाउन नगर्ने बताए। उनले भने “स्थानीय तहले आवश्यकताअनुसार त्यो क्षेत्रमा लकडाउन गर्न सक्छन् । तर सरकारले देशभर लकडाउन गर्ने कुनै तयारी गरेकाे छैन ।”
‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्न सक्छ तर त्यो दीर्घकालीन समाधान होइन। भर्खर तंग्रिन लागेको अर्थतन्त्रलाइ लकडाउनले असर गर्छ,’ ज्ञवालीले भने,‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’ सरकारको ध्यान नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा केन्द्रीत हुने मन्त्री ज्ञवालीले बताए।
प्रकाशित मिति : April 25, 2021 at 1:13 pm



