कोराेना संक्रमणका कारण संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको निधन
१२ वैशाख, काठमाडाैँ । कोरोना संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको ६५ वर्षकाे उमेरमा मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि गएको चैत २८ गतेदेखि भेरी अस्पतालमा उपचाररत उहाँको गएराति निधन भएको हो । पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट सदस्य रहेकी सिद्दिकीको शनिबार बेलुकी नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मुस्लिम तथा मधेसी समुदायमा शिक्षा, स्वास्थ्यसँगै अधिकारका क्षेत्रमा उहाँ सक्रिय हुनुहुन्थ्यो ।
प्रकाशित मिति : April 25, 2021 at 11:40 am



