९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

काेराेना संक्रमणका कारण बाँकेमा ३ जनाकाे मृत्यु

१२ वैशाख, काठमाडौँ। बाँकेमा २४ घण्टाको अन्तरालमा थप तीन जना कोराेना संक्रमितकाे मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ की ४७ वर्षीया महिला र नेपालगन्ज ११ का ६० वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की ३६ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट बाँकेका ८२ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : April 25, 2021 at 10:58 am