२४ घण्टामा २६१९ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु
११ वैशाख, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा २६१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १४ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।
प्रकाशित मिति : April 24, 2021 at 5:31 pm



