प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराकाे उद्घाटन
११ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्नुभएकाे छ । २०७२ को भूकम्पले ढालेको धरहरा पुनर्निर्माणपछि प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएकाे हाे ।
भूकम्पले भत्काएको धरहरालाई यथावत् अवस्थामा राखेर त्यसको आडैमा नयाँ धरहरा बनाइएको हो । धरहराको नवर्निमाण २०७५ साल कात्तिकमा सुरु भएको थियो । कोरोनाका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।
नवनिर्मित धरहरा २२ तल्लाको छ । पुरानो धरहरा ९ तल्लाको थियो । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ । धरहरा टावरको निर्माण सम्पन्न भए पनि यससँगैका अन्य संरचनाहरु भने निर्माणाधिन छन् ।
प्रकाशित मिति : April 24, 2021 at 12:11 pm



