कोरोना संक्रमण बढेपछि बाँकेमा लकडाउन गर्न सिफारिस
७ वैशाख, काठमाडाैँ । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले लकडाउनका लागि सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । काेराेना संक्रमित बढेसँगै लकडाउनका लागि सिफारिस भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले भने, ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन-कुन क्षेत्रमा लकडाउन गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ ।
प्रकाशित मिति : April 20, 2021 at 4:27 pm



