दाङमा आगो ताप्ने क्रममा जलेर एक बालिकाको मृत्यु, आमा गम्भीर घाइते
७ वैशाख, दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति : April 20, 2021 at 3:55 pm



