सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
६ वैशाख, काठमाडौँ । सरकारले कोरोना संक्रमण प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय लिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

यस्तै, मापदण्ड अपनाएर मात्र सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने छ। रात्रिकालीन व्यवसाय, सिनेमाघर, पार्टीप्यालेस, जीमखाना, रङ्गशाला लगायत वैशाखमसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ।
प्रकाशित मिति : April 19, 2021 at 10:41 am







