१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

विराटनगरका २७ जनासहित प्रदेश १ मा थपिए ४३ काेराेना संक्रमित

५ वैशाख, विराटनगर। प्रदेश नं. १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९ जना, सुनसरीमा ६ जना, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७, बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६४७ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमित २६६ जना छन् । प्रदेश १ मा आज ३३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : April 18, 2021 at 5:08 pm