२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद खारेज

५ वैशाख, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ । आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिवले जनाएकाे छ। सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् ।

२०७४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा थापा राष्ट्रियसभामा निर्वाचित भएका थिए । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापा एमालेमा  प्रवेश गरेका थिए ।

प्रकाशित मिति : 10:44