२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

अराजनीतिक कदमलाई गौरवको विषय ठान्नेहरू विध्वंसक हुनः मुख्यमन्त्री पोखरेल

५ वैशाख, काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अराजनीतिक कदमलाई गौरवको विषय ठान्नेहरू विध्वंसक भएको बताउनुभएको छ । गएराति सामाजिक सञ्जाल फेसबुक मार्फत टप्पणी गर्दै उहाँले अराजनीतिक कदमलाई गौरवको विषय ठान्नेहरू निर्माता हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘जसले अराजनीतिक कदमलाई गौरवको विषय ठान्छ र पुनरावृत्तिको धम्की समेत दिन्छ – त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसक मात्र वन्न सक्छ ।’ त्यसअघि एमालेबाट निलम्बन पर्नुभएका भीमबहादुर रावल लगायतले कर्णालीमा एमाले सांसदहरूले देखाएको अराजनीतिक चरित्र देशैभर प्रदर्शन हुने बताउनुभएको थियो ।

प्रकाशित मिति : 08:18