बागमती प्रदेशका मुख्यमन्त्री पाैडेलद्धारा सर्वदलीय बैठक आह्वान
५ वैशाख, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमाले प्रदेश संसदीय दलका नेता डोरमणि पाैडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ । मुख्यमन्त्री पाैडेलले ललितपुरमा बस्नेगरी बैठक बोलाउनुभएको प्रदेश संसदीय दलका मुख्य सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो ।

मुख्य सचेतक पाण्डेका अनुसार बैठकमा मुख्य रूपमा तीन विषयमा छलफल हुनेछ । बैठकमा प्रदेशसभाको अधिवेशन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । बैठक प्रदेश सुशासन केन्द्रको भवन जावलाखेल ललितपुरमा बिहान ८ बजे हुनेछ ।
प्रकाशित मिति : 08:05









