प्रधानमन्त्रीलाई भेट्न भन्दै ललितपुरकाे कोन्ज्योसोमबाट फर्किए प्रचण्ड
३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भन्दै ललितपुरकाे कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यक्रम छोट्याएर फर्किनु भएकाे छ । शुक्रबार दिउँसो ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रचण्डले प्रधानमन्त्रीसँग भेट्न जाने बताउनु भएकाे हाे ।

उहाले भन्नुभयाे , ‘यहाँ आउँदै गर्दा बाटोमै मलाई प्रधानमन्त्रीको फोन आएकाे छ, लामाे समयमपछि उहाकाे फोन आएको हाे । ‘यहाँ आउँदा बाटो बन्दै गरेकोमा खुशी लाग्यो तर धेरै ढिला भइरहेको छ । म यहाँबाट फर्केपछि । यो बाटो बनाइदिनुस् भन्नेवाला छु,’ उहाले भन्नुभयाे । प्रधानमन्त्रीलाई भेट्न भन्दै प्रचण्ड पानी परिरहेका बेला ललितपुरकाे कोन्ज्योसोम गाउँपालिकाबाट फर्किनु भएकाे छ ।
प्रकाशित मिति : April 16, 2021 at 2:27 pm



