अनाधिकृत गतिबिधिमा संलग्न तीन पत्रकार कारबाहीमा
प्रेस चाैतारी नेपालले तीन जना नेता माथि कारबाही गरेको छ। प्रेस चाैतारी नेपालको सचिवालय बैठकले उपाध्यक्षद्धय विश्वमणि सुवेदी र नरेन्द्र साउद तथा महासचिव राजेश राईलाई कारबाही गर्ने निर्णय गरेको हो । चाैतारीका अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ति जारी गरी तीन जनालाई संगठनको साधारण सदस्यमात्र रहने गरी कारबाही गरेको जानकारी दिनुभएको छ ।

उहाँले विज्ञप्तिमा बिहीबारको पदाधिकारी बैठकमा सचिवालय बैठकमा अनुपस्थित भएका उपमहासचिव रामकुमार एलन र सचिवद्धय शुरोजंग पाण्डे र अमृत तिमल्सिनालाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बैठको निर्देशन अवज्ञा गरे उनीहरूमाथि पनि कारबाही हुने बतााइएको छ । बैठकले कार्यबहाक महासचिवको जिम्मेवारी उपमहासचिव हिरामान लामालाई दिएको छ ।

प्रकाशित मिति : April 15, 2021 at 7:01 pm



