भारतमा काेराेना संक्रमण बढिरहेकाे छ, सीमा नाकामा कडाइ गर्नुपर्छः प्रधानमन्त्री ओली
२ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा काेराेना संक्रमण बढेकाले सीमामा कडाइ गर्नुपर्ने बताउनुभयाे । मेरो कित्ता प्रणालीहरको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘भारतमा कोरोनाका बढिरहेको छ। सीमा नाकालाई कडाइको साथ हेर्नुपर्छ। हामीले कोरोनाको भ्याक्सिन ल्याएका छौँ। लगाउने क्रममा पनि चलिरहेको छ। तर, हाम्रोमा हिजो ६ सयमा कोरोना देखिएको छ। त्यसलाई रोक्नको लागि सबैले साथ दिनुपर्छ।’

प्रधानमन्त्री ओलीले नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको रूपमा सिफारिस भइसकेको बताउनुभयाे। उहाँले २०३० भन्दा अगाडि नेपाल समृद्ध मुलुक भइसक्ने समेत बताउनुभयाे । उहाँले काममा कसैले ढिलासुस्ती गर्ने गरे त्याे स्वीकार्य हुन नसक्ने बताउनुभयाे । ‘तीव्र रूपमा विकासको कामलाई अगाडि बढाउँछौँ। तर, त्यसमा आएको अवरोधविरुद्ध हामी दरो भएर लाग्नुपर्छ’ उहाँले भन्नुभयाे।
उहाँले माथिल्लो तामाकोशीलाई सरकारले विशेष चासोका साथ हेर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नु छ । १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, ३ महिना अगाडि, १ महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’
अब यस आयोजनालाई आफूले विशेष ध्यान राख्ने समेत उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं । अपर तामाकोशीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडान गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन।’
प्रकाशित मिति : April 15, 2021 at 2:52 pm



