१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

रसुवामा टिपर दुर्घटना हुँदा दाजुभाइको मृत्य, वडाध्यक्ष घाइते

२ वैशाख, रसुवा । रसुवामा टिपर दुर्घटना हुँदा एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । बुधबार रसुवाको कालिका गाउँपालिका २ स्याउबारीमा बागमती प्रदेश०१–००६ख १६८८ नम्बरको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा कालिका १ राम्चे घर भएका टिपर चालक २५ वर्षीय सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। राजेन्द्र स्थानीय ग्राङ प्राविका प्रधानाध्यापक हुन्। दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

राति करिब ११ बजे राम्चेबाट बेत्रावती जाने क्रममा टिपर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । दुर्घटनामा कालिका गाउँपालिका १ का वडाध्यक्ष मालफुर्पा तामाङ सामान्य घाइते भएको छन् । उनलाई उपचारका लागि नुवाकोट पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएकाे छ ।

प्रकाशित मिति : April 15, 2021 at 11:32 am