१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाकाे मृत्यु

३१ चैत, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३८६ जनामा पीसीआर परीक्षण गर्दा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा गरि ५१७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेकाे संख्या २ लाख ७४ हजार ३१८ जना पुगेकाे छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०८ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालससम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ हजार ५८ पुगेकाे मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : April 13, 2021 at 4:59 pm