१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

आजदेखि टेकु अस्पतालमा काेराेना संक्रमितकाे मात्र उपचार हुने

३१ चैत, काठमाडौँ । आजदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड संक्रमितको मात्र उपचार गर्ने भएको छ। काेराेना संक्रमितकाे संख्या बढेकाले अस्पतालमा संक्रमितको मात्र उपचार गर्ने निर्णय भएको अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले जानकारी दिए। ‘आजदेखि ननकोभिड सेवा बन्द गरेका छौँ।

अन्तरंग सेवालाई कोभिडमय बनाएका छौँ,’ राजभण्डारीले भने। तर एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा र बाह्य साधारण ओपिडी सेवा भने सन्चालनमै रहने अस्पतालले जनाएको छ। अहिले अस्पतालमा २० भन्दा बढी संक्रमितहरू उपचाररत रहेका छन् ।

प्रकाशित मिति : April 13, 2021 at 3:44 pm