१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सर्वोच्च अदालतको न्यायाधीश बन्न नहकुल सुवेदीको योग्यता पुग्ने, यस्ताे आयो फैसला

३० चैत, काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ ।  सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न योग्यता नपुगेको भन्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेकाे छ ।

सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिव स्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुबै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसला गरेको हो ।

प्रकाशित मिति : April 12, 2021 at 5:49 pm