१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पछिल्लो २४ घण्टामा थपिए ५५९ काेराेना संक्रमित, १३ जनाको मृत्यु

३० चैत, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर गर्दा ४९६ र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या ३३०६ रहेको छ । २४ घण्टामा १३ जना काेराेना संक्रमितकाे  मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०५३ पुगेको छ ।

प्रकाशित मिति : April 12, 2021 at 5:26 pm