कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
३० चैत, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको हो । आजको कांग्रेस केन्द्रीय समितिको बैठकको एजेण्डा क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायत थियो।
![]()
प्रकाशित मिति : April 12, 2021 at 11:11 am



