१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडौँ उपत्यकामा १५४ सहित थपिए ३६७ काेराेना संक्रमित

२९ चैत, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । ३१२५ जनाको पीसीआर परीक्षण गर्दा ३०३ जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरि कुल ३६७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । पछिल्लाे २४ घण्टामा थपिएका संक्रमितमध्ये अधिकांश काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना गरि काठमाडाैँ उपत्यकामा १५४ जना  संक्रमित रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २ लाख ८० हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४१ जना निको भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार २७ पुगेको छ । अहिले नेपालमा २९ सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।  पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट १ जनाको मृत्यु भएकाे छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ३ हजार ४० पुगेको छ ।

प्रकाशित मिति : April 11, 2021 at 5:02 pm