२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

अनेरास्ववियु सुर्यगढी गाउँकमिटीको अध्यक्षमा कमल तिमल्सिना

२८ चैत, नुवाकोट । अनेरास्ववियु सुर्यगढी गाउँकमिटीको अध्यक्षमा कमल तिमल्सिना चयन भएका छन । गाउँपालिका स्तरीय अनेरास्ववियूका अगुवा कार्यकर्ताको भेलाले तामाङलाइ अध्यक्षमा चयन गरेको हो । युवा संघका सचिवालय सदस्य राजु तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कमल तिमल्सिनाको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटि निर्विरोध निर्वाचित गरेको हो।

भेलाले उपाध्यक्ष सबिना श्रेष्ठ, सुबास न्यौपाने, कृष्ण बहादुर तमाङ्ग सचिवमा सर्मिला तमाङ्ग, सह सचिवमा सुरज तमाङ्ग र सृजना न्यौपाने, कोषाध्यक्षमा सुमिरा तमाङ्ग चयन भएको अनेरास्ववियू नुवाकोटका सचिव प्रशान्तजंग पाण्डेले जानकारी दिए ।भेलालाई अनेरास्ववियु केन्द्रीय सदस्य राजेन्द्र गजुरेल, अनेरास्ववियु केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला संयोजक विष्णु हरि रिमाल “सत्य”, अनेरास्ववियु नुवाकोट जिल्ला कमिटि सचिव पशान्त जंग पाण्डे, नेकपा एमाले सुर्यगढिका नेता रमेश विश्वकर्मा, समीर तमाङ्ग, अनेरास्ववियु नुवाकोटका कार्यालय सदस्य द्वय रघुनाथ अधिकारी, अच्युत धमला लगायतले सम्बाेधन गरेका थिए ।

प्रकाशित मिति : April 10, 2021 at 10:22 pm