१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

चार्जमा राखेको मोवाइल पड्किदा महिला गम्भीर घाइते

२७ चैत, भोजपुर । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ ।

घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : April 9, 2021 at 5:38 pm