१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पछिल्लो २४ घण्टामा थपिए २८८ कोरोना संक्रमित

२७ चैत, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०७१ जनामा गरिएको परीक्षणमा २८८ जनामा  काेराेना संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौँमा ११७ जना, कास्कीमा ३३ जना, मोरङमा १३ जना, रुपन्देहीमा १६ जना, दाङमा १४ जना र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ । हाल देशभर २६१५ जना  सक्रिय संक्रमित रहेका छन् । पछिल्लाे २५ घण्टामा १२७ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै काेराेना निको हुनेकाे संख्या  २ लाख ७३ हजार ७३५ जना रहेकाे छ । काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ३०३८ रहेको छ ।

प्रकाशित मिति : April 9, 2021 at 4:51 pm