काठमाडौँ उपत्यकामा १९९ सहित थपिए ३३२ कोरोना संक्रमित
२६ चैत, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४००६ जनामा गरिएको परीक्षणमा ३३२ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे । अाज थपिएका काेराेना संकेमितमध्ये काठमाडौँका १३९ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा २२ जना रहेका छन् ।

योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ लाख ७३ हजार ६०८ जना निको भएका छन् र २४५४ जना आइसोलेसमा छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ३०३८ पुगेकाे छ ।
प्रकाशित मिति : April 8, 2021 at 5:38 pm



