१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

गृह मन्त्रालयद्धारा २६ सहसचिव र उपसचिवसहित केही जिल्लाका सीडीओकाे सरुवा, को कहाँ ? (सूचीसहित)

२६ चैत, काठमाडाैँ । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ। बिहीबार गृहन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णयबाट २६ सहसचिव र उपसचिवको सरुवा गर्नुभएकाे हाे ।

बाँकेको प्रमुख जिल्ला अधिकारीमा शिवराम गेलाललाई पठाइएको छ भने नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । यस्तै लमजुङको प्रमुख जिल्ला अधिकारीमा होमप्रसाद लुइटेल, वैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नमराज सापकोटा, डोटीमा सुनिल खनाल, र बाजुरामा गोपाल कुमार अधिकारीलाई सरुवा गरिएको छ । यसैगरी मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र नवलपरासी पश्चिमका सागरमणि पाठकलाई गृृह मन्त्रालयमा सरुवा गरिएको छ ।

हेर्नुहाेस् सूचीः

प्रकाशित मिति : April 8, 2021 at 4:59 pm