पत्रकार महासंघ मोरङकाे अध्यक्षमा प्रेस चाैतारीका सञ्जीव खनाल निर्वाचित
२६ चैत, काठमाडाैँ । नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा प्रेस चौतारीका सञ्जीव खनाल निर्वाचित हुनुभएकाे छ । पत्रकार महासंघको बुधबार भएको निर्वाचनमा खनाल ६ मतान्तरले विजयी हुनुभएकाे हाे । खनालले ९८ मत ल्याउनुभएकाे छ भने प्रेस युनियन, प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार बन्नुभएका शंकर खरेलले ९२ मत ल्याउनुभएकाे छ ।

यस्तै उपाध्यक्षमा संयुक्त प्यानलका मोहन भट्टराई ९७ मतसहित विजयी हुनुभएकाे छ । उहाँ आफ्ना प्रतिस्पर्धी चौतारीका सन्तोष सिग्देलभन्दा ४ मतान्तरले विजयी हुनुभएकाे हाे । त्यस्तै महिला उपाध्यक्षमा युनियन–संगठन प्यानलकी तारा आचार्य १०७ मतसहित विजयी हुनुभयाे । सचिवमा चौतारीका नेत्रप्रसाद अधिकारी विजयी हुनुभएकाे छ । उहाँले ९६ मत पाउँदा उहाँका प्रतिस्पर्धी युनियन–संगठनका हरि अधिकारीले ९४ प्राप्त गर्नुभयाे । त्यस्तै समावेशी सहसचिवमा अनिल श्रेष्ठ, खुला सहसचिवमा युनियन–संगठन प्यानलकै पर्शुराम निरौला विजयी हुनुभएकाे छ भने कोषाध्यक्षमा अभयकुमार राईले विजयी हुनुभएकाे छ ।
प्रकाशित मिति : April 8, 2021 at 4:45 pm



