१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रेसर कुकरभित्र लुकाएर ल्याएकाे एक किलो सुनसहित विमानस्थलबाट युवक पक्राउ

२५ चैत, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका ३४ वर्षीया प्रकाश महरा रहेका छन् । फ्लाई दुवई एअरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौँ आएका उनलाई अराइभल भन्सार क्षेत्रमा जाँच गर्ने क्रममा उक्त परिणामको सुन फेलाम पारिएको प्रहरीले जनाएकाे छ ।

उनले प्रेसर कुकर भित्र सुन लुकाएर ल्याएकाे ९ सय ३४ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएकाे छ । त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला रहेकाे प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : April 7, 2021 at 12:44 pm