१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कञ्चनपुरमा १ जना कोरोना संक्रमितको मृत्यु

२५ चैत, कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । “भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु”, उहाँले भन्नुभयो, “अस्पताल जाँदैछु ।

फाइल फाेटाे

त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।” मृत्यु भएका कोरोना सङ्क्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा रहेका छन् । मङ्गलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : April 7, 2021 at 10:46 am