१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा निर्वाचित

२५ चैत , पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा नीलम घिमिरे हुनुभएको निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य गोपाल बराइलीले पद तथा गोपनियता शपथ गराउनुभयो । उहाँले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता गरिरहनु वास्तवमै चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : April 7, 2021 at 10:24 am