भर्नु भयाे त ? रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२४ चैत, काठमाडाैँ । रु रु जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।
जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

कम्पनीकाे आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले एनएमबि क्यापिटल लिमिटेड, रुरु जलविद्युत् परियोजना लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा कम्पनीको आईपीओमा १३ लाख ८ हजार ९८५ जना आवेदकबाट १ करोड ८७ लाख ६५ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ४९.४९ गुणा धेरै हो।
प्रकाशित मिति : 10:27









