गैँडा गन्न गएका एक जनाको बाघको आक्रमणमा मृत्यु
२३ चैत, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गन्न गएका एक जनाको बाघको आक्रमणमा मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तिबाट झरेको समयमा बाघले आक्रणम गरेको हो । उहाँ हात्तिका लागि घाँस काट्न झर्नुभएको थियो ।

प्रकाशित मिति : April 5, 2021 at 8:01 am



