१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको निधन, अन्त्येष्टि भोलि पशुपतिमा गरिने

२२ चैत, काठमाडाैँ । पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उहाँको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँका चार छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रकाशित मिति : April 4, 2021 at 10:18 pm