पछिल्लो २४ घण्टामा थपिए १७९ जनामा कोरोना संक्रमण
२० चैत, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १११ जना काेराेना संक्रमण मुक्त भएका छन् । याेसँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ । अहिले क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् ।
प्रकाशित मिति : April 2, 2021 at 5:06 pm



