२०८१ सम्ममा याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउँछाैँः प्रधानमन्त्री ओली
२० चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालमा मेलम्ची खानेपानी आयोजनाको टनेलमा अन्य दुई स्रोतबाट पानी थपेर काठमाडौं ल्याइने बताउनु भएकाे छ । उहाले ३ वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउने बताउनु भएकाे हाे । मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याएने बताउनुभएकाे छ ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उहाले भन्नुभयाे, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’उहाले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन समेत दिनुभएकाे छ ।
प्रकाशित मिति : April 2, 2021 at 3:56 pm



