१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रचण्डको निवेदनले निस्सा पाएन, एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला पुनरावलोकन नहुने

१९ चैत, काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतकाे फैसलामा  पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाईका लागि अनुमति नदिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्र व्यूँतानउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो। त्यसविरुद्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए।

प्रकाशित मिति : April 1, 2021 at 1:55 pm