प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा
१९ चैत, काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र व्यूँतानउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाइ गर्ने भएको हाे । प्रचण्डको पुनरावलोकन मुद्दामा आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दैछ।

नेकपा एमाले र माओवादी केन्द्र व्यूँतानउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो। त्यसविरुद्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए। आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।
प्रकाशित मिति : April 1, 2021 at 10:57 am



