पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि
१८ चैत, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ । हालसम्म नेपालमा कोराेना संक्रमणका कारण ३०३० जनाको मृत्यु भएकाे छ ।
प्रकाशित मिति : March 31, 2021 at 5:48 pm



