महोत्तरीको भङ्गाहाबाट हराएका सात बालिका र किशोरी भारतमा फेला
१८ चैत, काठमाडाैँ । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी भारतमा फेला परेका छन्। प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिए । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको अनुमान गरिएको थियो।

भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको सिंहले बताएका हुन । उनका अनुसार सबै बालिका/किशोरी सकुशल छन्। धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान रहेका छन् ।
प्रकाशित मिति : March 31, 2021 at 11:07 am



