१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

नन्दु उप्रेतीको ‘कालापानी यात्रा’ सार्वजनिक

१५ चैत, काठमाडाैँ । पत्रकार तथा साहित्यकार नन्दु उप्रेतीद्वारा लिखित ‘कालापानी यात्रा’ नामक नियात्रा पुस्तक नेपाल प्रज्ञ प्रतिष्ठानको डबलीमा आयोजित एक समारोह २०७७ चैत्र १४ गते शनिवार एक समारोह बिच लोकार्पण गरिएको छ ।

उक्ता नियात्रा पुस्तक पुस्तक लोकार्पण अतिक्रमित भूभागबाट नै आउनु भएका दार्चुलाका मोहन सिंह ऐतवाल, पटक पटक भारतीय थिचोमिचोको पीडा भोगिरहेको इलाम पशुपति नगरका पूर्ण बहादुर तामाङ र श्रीमती रिन्छु ल्याम योञ्जनले संयुक्त रुपमा लोकार्पण गर्नु भएको हो।

समारोहका प्रमुख अतिथि पत्रकार भैरव रिसाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, रतन भण्डारी, ऋषिराज लुम्साली, डा. जगत भुसाल, , साझा प्रकाशनका महाप्रबन्धक होम प्रसाद गौतम, पूर्व मन्त्री योगेश भट्टराईलाई, प्राज्ञ दिनेशराज पन्त, प्राज्ञ माया ठकुरी, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी लगायतकाले उपस्थिति रहेको समारोहलाई सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पूर्व मन्त्री तथा ‘कालापानी यात्रा’ नेता योगेश भट्टराई, लेखक नन्दु उप्रेती, दार्चुलाका मोहन सिंह ऐतवाल र प्रमुख अतिथि भैरव रिसाल लगायतका वक्ताहरूले सम्बोधन गर्नु भएको थियो । समाराेहका ‘कालापानी यात्रा’का सहभागी अनुज कुमार श्रेष्ठ यात्रा अनुभव समेत सुनाउनु भएको थियो ।

नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालकाे अध्यक्षतामा सम्पन्न समारोहको स्वागत भाषण ‘कालापानी यात्रा’मा सहभागी इन्दिरा पन्ते गर्नु भएको थियो भने सञ्चालन कवि पुष्पा खनाल गर्नु भएको थियो । पुस्तक प्रकाशक भुँडी पुराण प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : March 28, 2021 at 12:00 pm